• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

किन कोही भेटिएन ‘सर्वोत्कृष्ट’ कर्मचारी ? २ लाखको पुरस्कार खेर गयो 

नेपाल सरकारले यस पटक पनि सर्वोत्कृष्ट सरकारी कर्मचारी भेट्टाउन नसकेको पाइएको छ। जस कारण यस पटकपनि सर्वोत्कृष्ट कर्मचारी सेवा पुरस्कारको घोषणाबिना नै सरकारले २२औं निजामति दिवस मनाएको छ। 

प्रत्येक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउँदा पछिल्लो सात वर्षयता सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्न सकेको छैन। २०७४ सालयता सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्न नसकेको हो। 

निजामती पुरस्कार सिफारिस छनौट समितिको बैठक शुक्रबार अपरान्ह बसेपनि बैठकले सर्वोत्कृष्ट निजामती पुरस्कार कसैलाई घोषणा नगरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले स्पष्ट पारे। 

उनकाअनुसार यस वर्ष २० कर्मचारीले निजामती पुरस्कार र २० ले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेछन्। यस वर्ष पुरस्कारका लागि विभिन्न मन्त्रालय र देशभरका संघीय कार्यालयबाट पुरस्कारका लागि जम्मा १६२ जनाको नाम सिफारिस भएको थियो । जस मध्य ४० कर्मचारीको नाम सरकारसमक्ष सिफारिस भएको हो ।मुख्य सचिवको अध्यक्षतामा सर्वोत्कृष्ट तथा निजामती पुरस्कार सिफारिस समिति गठन गर्ने कानुनी व्यवस्था छ। 

दुई लाख रुपैयाँसम्मको पुरस्कार हुने सर्वोत्कृष्ट कर्मचारी पुरस्कार पछिल्लो पटक २०७३ सालमा शान्ताराज सुवेदीले पाएका थिए। त्यसयता यो पुरस्कार कसैलाई वितरण हुन् सकेको छैन। नेपालमा करिब ८६ हजार निजामती कर्मचारी रहेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर