• २०८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024

युवा स्टार यामलको २ गोलः बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनका युवा स्टार लामिन यामलको २ गोलसहित बार्सिलोनाले ला लिगामा अर्को जित निकालेको छ । 

पाचौं खेलमा पनि जितको लयलाई निरन्तरता दिएको बार्सिलोनाले आइतवार जिरोनालाई ४-१ ले पराजित गर्यो ।

जिरोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि लामिन यमलले २ तथा डानी ओल्मो र पेड्रीले समान १ गोल गरे ।  

यमलले ३०औं मिनेटमा पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । यमलले नै ३७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बरको बनाए । खेलको ४७औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि तेस्रो गोल गरे ।

खेलको ६४औं मिनेटमा पेड्रीले बार्सिलोनाको अग्रता ४-० मा पुर्‍याए। खेल सकिन १० मिनेट बाँकी रहँदा स्टुआनीले घरेलु टोलीका लागि एक गोल गरे। ८६औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो। उसका फेरान टोरेसले रातो कार्ड पाएर मैदान छाडे ।

जितसँगै शीर्ष स्थानकाे बार्सिलोनाले ५ खेलबाट १५ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडको भन्दा ४ अंकले अघि रहेको छ । पराजित जिरोना समान खेलबाट ७ अंक जोड्दै सातौं स्थानमा छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर