• २०८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025

माओवादीले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने तर कार्यसूचीमा प्रवेश गर्न नदिने

काठमाडौं । संसद अबरुद्ध पारिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न दिन सकारात्मक देखिएको छ । 

‘प्रधानमन्त्रीले बोल्न चाहेमा बोल्न दिने तर नियमित कार्यसूचीमा भने प्रवेश गर्नुअघि माओवादी जनयुद्धलाई हिंसाको संज्ञा दिने अभिव्यक्ति नसच्याए त्यसअघि जान नदिने’ सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेकाे छ । 

संसद्मा एमालेका सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई होच्याउने, अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेकोमा आपत्ति जनाउँदै माओवादीले संसद् अवरोध गर्दै  आएको छ ।

आजको बैठकमा आफ्ना भनाइ राखेर संसद् अवरोध खुलाउन माओवादी सकारात्मक देखिएको हो । प्रमुख सचेतक हितराज पाण्डेले सदनमा आफ्ना कुरा राखेर प्रधानमन्त्रीको सम्बोधनमा अवरोधन नगर्ने सङ्केत गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर