• २०८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024

चार सचिव र २६ उपसचिवको सरुवा

काठमाडौं । सरकारले नेपाल सरकारका ४ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको आज (बुधबार) बसेको बैठकले वन मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई कृषि मन्त्रालयमा सरुवा गरेको छ । 

कृषिमा रहेका दीपककुमार खनाललाई भने वन मन्त्रालयमा लगिएको छ ।

यसै गरी उर्जा सचिव गोपाल सिग्देललाई जल तथा उर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । त्यहाँका सुरेश आचार्यलाई भने उर्जा मन्त्रालयमा लगिएको छ । 

बैठकले निमित्त सचिव कमल पोखरेललाई सचिवमा बढुवा गरेको छ भने केही सह सचिवको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

गृह मन्त्रालयले ३६ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा अनुसार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।

मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमल प्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।

रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसाल, रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाही प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

गृह मन्त्रालयले १२ जना सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ । जस अनुसार मोरङमा विनोदकुमार पोखरेल, सुर्खेतमा टोपेन्द्रबहादुर केसी, गोरखामा सुवासकुमार लामिछाने, ओखलढुंगामा वेदनिधि खनाल, बाँकेमा खडानन्द खत्री सहायक प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

त्यस्तै तनहुँमा जीतबहादुर भण्डारी, अर्घाखाँचीमा लालबहादुर गुरुङ, पर्सामा सुमनकुमार कार्की, जाजरकोटमा बन्दना केसी, मकवानपुरमा धोलकराज ढकाल, सुनसरीमा लोकमान श्रेष्ठ र सल्यानमा ज्ञाननाथ ढकाल सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर