• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

कवि दीप दर्पण: ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

काठमाडौँ । कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचित भएको छ।

मंगलवार काठमाडौँमा एक कार्यक्रमका बीच ५२ वटा कविता समेटिएको कविता संग्रह सार्वजनिक गरिएको हो।

कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योति जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन्।

कविता संग्रहमा निम्न मध्यम वर्गीय नेपालीले भोगेका यथार्थपरक विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

विमोचन कार्यक्रममा बोल्दै कवि तथा गीतकार श्रवण मुकारुङले कविता संग्रहले समाजको यथार्थतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको बताए।

समालोचक राजकुमार बानियाँले आफू कविताको भोको रहेको चर्चा गर्दै आफूले अध्ययन गर्न चाहेको कविताहरुमध्ये दीप दर्पणको कविता संग्रह पनि परको बताए। उनले कविताले चित्रण गरेको विषयको गहिराईले पाठकको मन जित्ने बताए।

कवि ज्योती जंगलले संग्रहका हरेक कविताले कुनै न कुनै कथानक बोकेको चर्चा गर्दै कविले निम्न वर्गीय मर्मलाई चित्रण गरेको बताइन्।

रोल्पा स्थायी घर भएका दीप सानैदेखि कविता लेखनमा रुची राख्दथे। साहित्यमा विशेष रुची रहेका उनले फुटकर कविताहरु संचारमाध्यममार्फ्त पाठकसामु ल्याइरहने गरे पनि संग्रह नै ल्याएको भने पहिलो पटक हो।

पहिलो संग्रहले आफूलाई उत्साहित बनाएको बताउँदै यस बाट आउने प्रतिक्रिया र सल्लाह सुझाव अनुसार दोस्रो संग्रह पनि ल्याउने बताए।

कार्यक्रममा कवि रिमा केसी, महेश छितिज, सुरज राणा र राधिका अधिकारीले कविता संग्रहबाट छानिएका कविता वाचन गरेका थिए।

कार्यक्रम संचालन कवि प्रज्वल अधिकारीले गरेका थिए। प्रकाशक सांग्रिला बुक्स रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर