• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

काभा यू–२० भलिबलः उपाधि भिडन्तमा नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । नेपाल काभा यू–२० को फाइनलमा शनिबार उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपालले पहिलो सेट जितेर अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।

उत्कृष्ट पुनरागमन गरेको उज्वेकिस्तान चार सेट चलेको उपाधि भिडन्तमा २५–२७, २५–१०, २५–१६ र २५–२० ले पराजित रह्यो । उज्वेकिस्तान प्रतियोतियोगितामा अपराजित रहेर उपाधि जित्न असफल रह्यो । 

लिग चरणमा पनि नेपाल उज्वेकिस्तानसँग पराजित रहेको थियो । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा तुर्कमिनिस्तानले किर्गिस्तानलाई पाँच सेटमा पराजित गर्‍यो ।

सुरुआती दुई सेट गुमाएको तुर्कमिनिस्तान रोमाञ्चक खेलमा २३–२५, २३–२५, २५–२०, २५–२३ र १५–१३ ले विजयी रह्यो । 

प्रतियोगितामा आयोजक श्रीलंका र नेपालसँगै उज्वेकिस्तान, तुर्कमिनिस्तान, किर्गिस्तान र माल्दिभ्सको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर