• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

बंगलादेशविरुद्धको टी-२० सिरिज भारतले गर्याे क्लिनस्वीप 

काठमाडाैं । भारतले हैदराबादमा भएको अन्तिम टी-२० खेलमा बंगलादेशलाई १३३ रनले पराजित गर्दै श्रृंखलामा शानदार क्लिन स्विप पूरा गरेको छ। यो खेलमा भारतले आफ्नो टी-२० इतिहासकै सबैभन्दा उच्च स्कोर बनाएको थियो ।

पहिले ब्याटिङ गर्दै भारतले विस्फोटक प्रदर्शन गर्दै ६ विकेट गुमाएर २९७ रन बनाएको थियो ।

भारतका सञ्जु सामसनले मात्र ४७ बलमा १११ रनको आक्रामक इनिङ खेले, जसले भारतको इनिङलाई बलियो बनायो। सूर्य कुमार यादवले ३५ बलमा ७५ रनको पारि खेले । हार्दिक पाण्ड्याले ४७ र रियान परागले ३४ रन बनाएका थिए ।

बंगलादेशको जवाफी ब्याटिङ भने भारतका बलरहरूले पूर्ण रूपमा दबाबमा राखे। सुरुबाटै विकेटहरू गुमाउँदै बंगलादेशको टोली १०२ रनमै समेटियो। बंगलादेशका तौहिद ह्रिदोयले भने केही प्रतिरोध देखाउँदै ४२ बलमा अविजित ६३ रन बनाए। तर उनको पारीले बंगलादेशलाई हारबाट जोगाउन सकेन। भारतका रवि बिश्नोइले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ३ विकेट लिए र आफ्नो ५० टी-२० विकेटको कीर्तिमान पनि पूरा गरे। 

खेलपछि बंगलादेशका कप्तान शान्तोले भने, “हामीले हाम्रो उत्कृष्ट क्रिकेट खेलेनौं। हामीले हाम्रो योजनाहरूलाई राम्ररी कार्यान्वयन गर्न सकेनौं। हामीले आत्मविश्वास बढाउनुपर्ने र घरेलु मैदानको फाइदा उठाउनुपर्नेछ।”

भारतका कप्तान सूर्यकुमार यादवले टोलीको आत्मीयता र बलियो प्रदर्शनको प्रशंसा गर्दै भने, “टोलीको हित सबैभन्दा महत्वपूर्ण हुन्छ। व्यक्तिगत उपलब्धिहरूभन्दा टोलीको जितलाई ध्यान दिनुपर्छ। यो श्रृंखलामा सबै खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे।”

भारतका हार्दिक पाण्ड्यालाई श्रृंखलाको उत्कृष्ट खेलाडी घोषित गरियो। उनले ब्याट, बल, र फिल्डमा सधैं योगदान दिँदै टोलीलाई जितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर