• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

रोनाल्डोकाे गोल, पाेर्चुगलकाे जित

काठमाडौं । युरोपियन नेसन्स लिगमा पोर्चुगलले पोल्यान्डलाई सहजै पराजित गरेको छ। 

गएराति भएको खेलमा पोर्चुगलले ३–१ को अन्तरले पाेल्याण्डलाई पाखा लगाएकाे हाे । जारी प्रतियोगितामा यो पोर्चुगलको लगातार तेस्रो जित हो।

पोर्चुगलको जितमा बर्नान्डो सिल्भा र क्रिष्टियानो रोनाल्डोले गोल गरे। जान बेडनारेकले आत्माघाति गोल गरेका थिए। यता पोल्यान्डको लागि पिओर्ट जिलिन्स्कीले गरेको गोल सान्त्वना बन्यो।

जितसँगै समूह ए को १ मा ९ अंकसहित पोर्चुगल शीर्ष स्थानमा छ। क्रोएसिया ६ अंकसहित दोस्रो र पोल्यान्ड ३ अंकसहित तेस्रो तथा स्कटल्यान्ड पुछारमा छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर