• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

मेसीको ह्याट्रिक र दुई असिस्टः अर्जेन्टिनाले हान्यो ६ गोल

काठमाडौं । दक्षिण अमेरिकी देशहरुबीचको विश्वकप छनोटमा साविक विजेता अर्जेन्टिनाले बोलिभिया विरुद्ध ६ गोल हानेको छ ।

केहीबेर अघि सम्पन्न खेलमा विश्व नम्बर एक फुटबलर लियोनल मेसीले ह्याट्रिक पूरा गरेका छन् । उनले दुई गोलका लागि लाउटारो मार्टिनेज र जुलिएन अल्भारेजलाई असिस्ट पनि गरे । 

३७ वर्षीय मेसीले पूरा ९० मिनेट खेलेर देखाएको जादुयी प्रदर्शनबाट दर्शकहरु भावुक भएका थिए । 

खेलको १९औं मिनेटमा मेसीले गोलको खाता खोले, मार्टिनेजका पासमा उनले पहिलो गोल गरे । 

दोस्रो गोल दोस्रो गोल ८४ तथा तेस्रो गोल ८६औं मिनेटमा गरेर ह्याट्रिक पूरा गरे । 

अर्जेन्टिनाका लागि मार्टिनेज र अल्भारेजले एक एक तथा युवा खेलाडी अल्माण्डाले ७०औं मिनेटमा अर्को गोल गरेका थिए । 

कोन्मेबोल छनोटमा अर्जेन्टिना पहिलो स्थानमा छ भने अर्को सुपरपावर ब्राजिल छनोटकै लागि संघर्ष गरिरहेको छ । 

यसअघिका खेलमा कोलम्बियाले चिलीलाई ४–० र पाराग्वेले भेनुजुएलालाई २–१ ले हराएको थियो । यस्तै उरुग्वे र इक्वेडरले गोलरहित बराबरी खेलेका थिए ।

१० खेलमा सात जित निकालेको अर्जेन्टिनाले २२ अंक जोडेको छ। समान खेलबाट १९ अंक जोडेको कोलम्बिया दोस्रो स्थान तथा १२ अंक जोडेको बोलेभिया सातौँ स्थानमा छ।

मेसीकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ को कतार फिफा विश्वकप जितेको थियो । त्यस्तै, कोपा अमेरिकाको उपाधि लगातार दोस्रो पटक जितेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर