• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

गौशाला धर्मशालाबारे बालेनले पाएनन् संघीय सरकारको साथ, पर्यटनमन्त्रीले भनेः निर्णय स्थगन गर्नु

काठमाडौं । पर्यटन मन्त्रालयले गौशाला धर्मशालाका विषयमा पशुपति विकास कोष र सञ्चालक परिषदले गरेका निर्णय तत्काल स्थगन गर्न निर्देशन दिएको छ । 

असोज २० गते निर्णय गरेर धर्मशाला महानगरलाई सञ्चालन गर्न दिने निर्णय तत्कालका लागि स्थगन गर्न निर्देशन दिएको जनाइएको छ ।

महानगर र मारवाडी सेवा समितिबीच विवाद भएर प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएपछि मन्त्रालयले निर्णय तत्काल स्थगन गर्न निर्देशन दिएको हो ।

यसअघि महानगरले जुनसुकैबेला धर्मशालामा बनाइएका अवैधानिक संरचना हटाउने चेतावनी दिएकाे थियाे । 

बुधबार दिउँसो धर्मशालामा पुगेका डोजरलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर राखेको थियो। उक्त विषयमा आपत्ति जनाउँदै मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जुनसुकै बेलामा धर्मशालाका नाममा बनेका संरचना हटाउन आफूहरू कटिबद्ध रहेको जिकिर गरे। 

‘त्यो देवभूमिको क्षेत्रमा कुनै पनि हिसाबले पशुपतिनाथले नै नचाहेको गतिविधि गर्न पाइँदैन। ती संरचना हटाउन महानगरपालिका कटिबद्ध रूपमा लागिरहेको छ,’ शाहले बुधबार साँझ नेपालखबरसँग भने, ‘प्रशासन सकारात्मक देखिन्छ। तर, माथि जब कुरा पुग्छ, त्यहाँको नेतृत्वले पशुपतिनाथको महत्त्व जुन छ, त्यो रोक्न खोजिरहेको छ।’ साथै, उनले महानगरपालिकाले डोजर नियन्त्रणमा लिएको घटनालाई गम्भीर रूपमा लिएको र उक्त कार्य भर्त्सनायोग्य रहेको बताएका थिए।  

‘नियन्त्रणमा लिएर अगाडि बढाउन दिनुभएन। यसको महानगरपालिकाले घोर भर्त्सना गर्छ। उहाँहरूले जसलाई कानुन अनुसार सुरक्षा दिनुपर्ने हो, त्यो नगरेर अमुक एउटा समितिलाई बचाइराख्नुभएको छ। यो कसका लागि, कसका फाइदाका लागि हो, यो विषय गम्भीर रूपमा उठेको छ। सरकारले यसको जवाफ दिनुपर्छ,’ शाहले भनेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर