• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

साफ महिला फुटबलः पाकिस्तान विरुद्ध भारतको सहज जित

काठमाडौं । साफ महिला फुटबलको उद्घाटन खेलमा उपाधिको बलियो दाबेदार भारतले विजयी सुरुवात गरेको छ । 
आज काठमाडौं दशरथ रंगशालामा भएको खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । 

यो जितपछि समूह ए मा भारतको ३ अंक भएको छ र तीन टिम सम्मिलित समूहको शीर्षमा रह्यो । पाकिस्तान भने शून्य अंकमा रह्यो । अब समूहको अर्को खेलमा पाकिस्तानले आइतबार बंगलादेशको सामना गर्नेछ ।

खेलमा भारतले पाँचौ मिनेटमा अग्रता लिएको थियो र त्यो गोल ग्रेस डाङमेइको नाममा रह्यो । खेलको १७ औं मिनेटमा भारतले अग्रता दोब्बर बनायो । मनीषा कल्यानले यो गोल गरिन् ।

खेलको तेस्रो गोल बाला देवीले ३५ औं मिनेटमा गरिन् । यो भारतका लागि उनको ५० औं अन्तर्राष्ट्रिय गोल रह्यो । खेलको ४२ औं मिनेटमा ग्रेसले व्यक्तिगत दोस्रो गोल गरिन् ।

पाकिस्तानबाट सम्भव पहिलो गोल सुहा हिरानीले पेनाल्टीबाट गरिन् । भारतीय कप्तान आशालता देवीले विपक्षी फरवार्ड नादिया खानलाई लडाएपछि पहिलो हाफको इन्ज्युरी समयमा पाकिस्तानले पेनाल्टी पाएको हो ।

कायला मारिया सिद्दीकीले ४७ औं मिनेटमा पाकिस्तानका लागि दोस्रो गोल फर्काइन् । भारतका तर्फबाट पाँचौ गोल ७८ औं मिनेटमा ज्योति चौहानले गरिन् ।

शुक्रबार समूह बी को पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेलमा नेपाल भुटानसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर