• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

विपक्षी माेर्चा बलियो बनाउँदै प्रचण्डः लोसपा पनि सहभागि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमला दाहाल प्रचण्डले विपक्षी दलहरुको मार्चा बलियो बनाउने अभियान थालेका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बोलाएको विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् ।

बैठक केहीबेरदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिपक्षी दलका नेताको कार्यकक्षमा चलिरहेको छ । लोसपाबाट शरदसिंह भण्डारी श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् ।

समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको दाहालको सचिवालयले जनाएको छ ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल आजपा सहभागी छन् । बैठकमा आज रास्वपाका मात्रै ६ जना नेताहरू सहभागी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर