• २०८१ कार्तिक ३ शनिबार
  • Saturday, 19 October, 2024

रवि पक्राउ परे, अब धनराज र ऋषिकेश पोखरेलकी श्रीमती पक्राउ पर्छन् ?

काठमाडौं । सहकारी ठगीबारे रवि लामिछानेको प्रत्येक्ष सम्लग्ना छानविन समितिले नभेटेपनि सहकारीको पैसा ग्यालेक्सी टेलिभिजन चलाउँदा खर्च गरेको भनेर उनी पक्राउ परे । 

लामिछाने पक्राउ परेसँगै सत्तारुढ दल नेपाली कांग्रेस र प्रधानमन्त्री केपी ओलीकै दल नेकपा एमालेका सहभारि गठीमै प्रत्येक्ष जोडिएकाहरुलार्ई सरकारले के गर्छ भन्ने स्वभाविक प्रश्न जन्मिएको छ । लामिछानेलाई आज प्रहरीले उनको पार्टी कार्यालयबाटै गिरफ्तार गरेर पोखरा लगेको छ । 

एमाले र कांग्रेसका नेता समातिएलान् ?
संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती पनि करीब १४ करोड रुपैयाँ अपचलन भएको सहकारी ठगीमा मुछिएकी छन्।

उमागौरी कृषि सहकारीको ऋण लिएर योगिता जस्तै बिल्लीबाठ हुनेहरू धेरै छन्।

कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार हरिबहादुर खत्रीका अनुसार यो सहकारीको ठगी अलिक अनौठो खालको छ।

यो सहकारीले वित्तीय संस्था र आफ्ना सदस्य दुवैलाई दोहोरो ठगी गरेको खत्री बताउँछन्। ब्यांकले ऋण असुल्न ताकेता गरेपछि मात्रै सहकारीका ऋणीहरू आफू ठगिएको पत्तो पाएर रजिस्ट्रार कार्यालयमा उजुरी दिन पुगेका थिए। 

उमागौरी सहकारीबाट भएको करोडौं ठगीमा मोरङ-२ बाट निर्वाचित एमालेका सांसद तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलसम्म जोडिन्छ।

पोखरेल एमाले सांसद हुन्। उनकी पत्नी अञ्जला कोइराला २०७८ सम्म सहकारीको सञ्चालक थिइन्।

सञ्चालक समितिमा पत्नीलाई राखेर पोखरेलले उनी मार्फत सहकारीमा कारोबार गरेको हुन सक्ने आशंका गरिएको छ।

सहकारीमा समस्या आएपछि पोखरेलले केही महीनाअघि अध्यक्ष शम्भुप्रसाद रौनियार सहितका पदाधिकारीलाई घरमै डाकेर यो मामिला चाँडो मिलाउन भनेका थिए ।  

अध्यक्ष रौनियारले पोखरेलकै संरक्षणमा सहकारीको रकम अपचलन गरेको आशंका छ।  
 
लेखा समितिका सभापति पोखरेलकी पत्नी अञ्जला सञ्चालक समितिमा रहेको तथ्य सहकारीलाई ऋण दिने वित्तीय संस्थाहरूमा बुझाइएको कागजातबाट समेत खुल्छ। सहकारीले नबिल ब्यांकबाट मात्र होइन, अन्य वित्तीय संस्थाबाट समेत ऋण लिएर तिरेको छैन। ऋण नतिरेपछि नेपाल राष्ट्र ब्यांक मातहतको कर्जा सूचना केन्द्रले उक्त सहकारी र यसका पदाधिकारीलाई कालोसूचीमा राखेको छ। 

उता सहकारी छानविन समितिले नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङमाथि समेत थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियाे । उनकी पूर्वपत्नी सञ्चालक रहेको सहकारीको बचत अपचलनमा गुरुङको समेत संलग्नता रहेको दाबीसहित प्रहरीमा उजुरी परेको विवरण हालै सार्वजनिक भएको थियो।

उनले पत्नीसँग सम्बन्ध विच्छेद भएकाे भनिएपनि त्याे नक्कली भएकाे कतिपयले शंका गरेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दिएको जानकारीअनुसार ज्योतीविरुद्ध ठाडो उजुरी परेको र अनुसन्धान सुरु गरिएको छ । ज्योती चार वर्षदेखि फरार सूचीमा छन् । धनराज गुरुङले भने ज्योतीसँग ‘डिभोर्स’ भइसकेको बताउँदै आएका छन् ।

कुम्मराजले धनराजसँग पछिल्लो सम्पर्क दुई वर्षअघि पनि भएको बताउँदै समितिको बयानमा भनेका छन्, “डिभोर्सपछि पनि धनराजले केही रकम तिरिदिएका हुन् ।”

कांग्रेसका महामन्त्री गगन थापाले पार्टी उपसभापति गुरुङमाथि लागेको आरोपबारे निष्पक्ष छानबिन हुने प्रतिक्रिया दिएका थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर