• २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024

आजको राशिफलः मनमा देखिने अस्थिरता, अधैर्यता निर्णय क्षमतामा कमी

मेष : अरुलाई प्रभावित पारेर काम बन्नेछ। रमणीय र सुखद् यात्राको योग छ। विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ। सामाजिक कार्यमा विशेष रुचि रहनेछ। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने। 

वृष : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। ढिलै भएपनि अधुरा काम सम्पन्न हुनेछ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्ला। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ। 
यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन : झन्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी होला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा पनि समस्या आउला तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कर्कट : अवसर आउनाले मन प्रसन्न रहनेछ। शुभकार्यको चर्चा चल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने। 

सिंह : महत्त्वपूर्ण कामको थालनी हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। जोशजाँगर र उमङ्ग बढ्नेछ। कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ। पुँजी बजारमा लगानीको अवसर पनि छ।

भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्यको योग देखिन्छन्।

भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने। 

तुला : यात्रामा मालसामान हराउन सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक : रोकिएका काम पूरा हुन सक्छ। प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ। सुखद् यात्राका अवसर प्राप्त हुनेछन्। सेयर बजारमा लगानीको अवसर मिल्नेछ। आर्थिक उन्नतिका साथै परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। सेयर बजारले पनि साथ दिनेछ।

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। प्राविधिक र टेक्निकल कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुनेछ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५,
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ : मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। आत्मघाती काम गर्न पुगिएला, सावधान हुनुपर्छ। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ, साँझमा भने सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन : भाग्यले विभिन्न अवसर जुराउनेछ। नयाँ काम वा रोजगारको अवसर मिल्नेछ। सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन्। लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५,
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर