• २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024

हिमालयन बायो रेष्टुरेण्टमा भएको थियो मीनबहादुरसँग डिल, विष्णु रिमाल सुत्राधार

काठमाडौं । अदालतले दोषी ठहर गरेका, पटक–पटक विवादमा परेका एक व्यापारीसँग देशको कार्यकारी प्रमुखले कुममा कुम जोडेर ‘दान’मा दिएको भनिएको झण्डै एक अर्व बराबरको जग्गामा नेकपा एमालेको पार्टी कार्यालय भवन शिलान्यास हुन्छ । त्यो पनि दशैं विदाको मुखैमा पारेर । सम्भवत यस्तो घटना नेपालमा मात्रै हुन सम्भव छ ।

किनभने ती व्यापारीविरुद्ध नेपाल सरकारले मुद्धा चलाईरहेको छ । प्रधानमन्त्री मातहतको निकायले सम्पत्ती सुद्धिकरणमा छानविन गरिरहेको छ । यस्तो व्यक्तिसँग अन्य देशमा प्रधानमन्त्रीले दान लिने र कुम जोडेर शिलान्यास गर्ने अर्लान् त ? 

एक अर्ब बराबरको जग्गा दान दिने । एक वर्ष भित्र अत्याधुनिक भवन बनाएर उद्घाटनको निम्तो दिने र सो कुरा पार्टीका नेता कार्यकर्तालाई थाहै नहुने, सिमिति नेताहरुले दाता भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसँग डिल गर्ने कुरा यति गोप्य र रहस्यमय छ कि कालान्तरमा यसका नेक्ससहरु खुल्दै जाने हाम्रा स्रोतहरुले दावी गरेका छन् ।

कतिपयले गुरुङलाई ललितानिवास प्रकरणमा जोगाउन, कतिपयले सम्पत्ती सुद्धिकरणमा क्लिन चिट दिन प्रधानमन्त्रीलाई फकाउन उनी यतिविघ्न दानी भएकाे हुन् भन्ने गरेका छन् । 

तर अर्काथरीले गुरुङको यसअघि आएका भन्दा अझ गम्भिर विषय सरकारसँग विद्यमान रहेको र त्यसमा आफ्नो अनुकुल निर्णय गराउन यो काम गरिएको दावी गरेका छन् । र यस कामको केन्द्रविन्दुमा अर्थमन्त्री विष्णु पौडेल रहेको एमाले निकटकै त्यो स्रोतको दावी छ । 

विष्णु पौडेल केन्द्रमा भएपनि यसको तयारी र प्रधानमन्त्री ओलीसम्म पुग्नुअघिको काम भने उनका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल, नेकपा एमाले दोलखाका नेता, पूर्वसंचार मन्त्री पार्वत गुरुङले गरे । औपचारिक रुपमा पार्टी कार्यालय भवन बनाउने कामको नेतृत्व भने एमालेले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई दिएको थियो । 

समाचार दैनिकको एमाले नकिट सुत्रले दिएको जानकारी अनुसार उनै नेता गुरुङको बालुवाटारस्थित एभरेष्ट बायो रेष्टुरेण्टमा दशैंको मुखैमा यो डिल भएको हो ।

याे रेष्टुरेण्ट एमाले नेता पार्वत गुरूङकाे हाे । त्ययसलाई उनकी श्रीमतीले चलाउने गरेकी छन् । रष्टुरेण्ट मात्र हैन यहाँ जडिबुटीकाे ब्यापार समेत हुने गरेकाे छ । नक्सालकाे भाटभटेनी सुपरमार्केट र प्रधानमन्त्रीकाे निवास बालुवाटारकाे बीचतिर पर्छ एभरेष्ट बायाे ।

गुरुङले जग्गा दान दिने विषय टुंगो लगाउँदाको छलफलमा सल्लाहाकार रिमाल, मीनबहादुर गुरुङ, पार्वत गुरुङ र इश्वर पोखरेल थिए । अर्काे स्राेतले पाेखरेल नभइ अर्थमन्त्री पाैडेल रहेकाे दावी गरेकाे छ ।

त्यही भएको डिल कार्यान्वयन गराउनका लागि उक्त टोलीनै नजिकै रहेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेको र प्रधानमन्त्री ओलीले पनि ओके गरेपछि पार्टी सचिवालयको बैठक फूलपातीकै दिन राख्न लगाएर शिलान्यासको समेत निर्णय भएको थियो । 

तर बैठक डाक्ने बेलासम्म मात्रै हैन छलफल हुनुअघिसम्म सचिवालयको अधिकाँशलाई पार्टी कार्यालय कसको जग्गामा बनाउने ? कहिले बनाउने ? किन दिने ? जस्ता स्वभाविक प्रश्नको उत्तर थाहानै थिएन । अर्थमन्त्री पौडेल, रिमाल, इश्वर पोखरेल, पार्वत गुरुङ र प्रधानमन्त्री ओलीबाहेक अरुलाई यसबारे थाहा नभएको स्रोतको दावी छ । 

त्यही भएर एमाले पोलिटव्यूरो सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले सार्वजनिक रुपमा यो कदमको विरोध गरे । विरोध मात्रै गरेनन् यसले मदन भण्डारी र मनमोहनले बनाएको पार्टी र यसका लाखौं कार्यकर्ताको अपमान हुने बताए । जग्गा फिर्ता गर्नुपर्ने तर्क अघि सारे । त्यसपछि उनीहरुलाई अहिले अनुशासनको डण्डी लगाउँदै स्पिष्टिकरण सोधिएको छ । 

नेकपा एमालेले भने यो विषयलाई अनावश्यक रुपमा उछालिएको बताएको छ । महासचिव शंकर पोखरेलले त सार्वजनिक रुपमै भने, ‘मीनबहादुर गुरुङको ललिता निवास प्रकरण र यो जग्गा दानका बीचमा कुनै साईनो छैन ।’ यो समयले देखाउला नै । 

उता दानवीर गुरुङले पनि यस विषयमा सार्वजनिक टिप्पणी गरेका छन् । एक मिडियामा दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘म एमालेको शुभचिन्तक, सदस्यता भने अहिले छैन, जग्गा दन दिने मैले प्रस्ताव लगेको हो । एमाले पार्टी कार्यालयमा पानी पस्यो भन्ने सुनेपछि । इश्वर पोखरेलको नेतृत्वमा भवन निर्माण समिति थियो । इश्वर पोखरेलले भवन बनाउन सहयोग माग्नुभयो, मैले भवन मात्रै किन जग्गा किन अन्त खोज्नु म सँगै छ भनेर देखाए ।’

याे विषयकाे पर्दाफास भएपछि पनि एमालेले निर्णय फिर्ता लएकाे छैन । 

राेचक त के रहेछ भने, दान दिएकाे भनिएकाे उक्त जग्गा अहिलेसम्म मीनबहादुरकाे नाममा नै रहेनछ । अहिले पार्टीकाे नाममा जग्गा प्राप्तीकाे काम चलिरहेकाे साे पार्टीले जनाएकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर