• २०८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024

महिला साफ फुटबलः मालदिभ्सलाई ११ गाेल हानेकाे नेपाल श्रीलंकासँग भिड्दै

काठमाडौं । भुटानसँग बराबरी भएर निरास बनेकाे नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा मालदिभ्सलाई ११ गाेल हानेपछि हाैसिएकाे छ । तेस्राे खेलमा नेपालले श्रीलंकाकाे सामना गर्ने भएकाे छ । 

आज हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ। 

सेमिफाइनल पुग्नका लागि समूह ‘बी’ मा नेपाल र श्रीलंकासँगै भुटानको सम्भावना उत्तिकै छ। 

नेपाल आजको खेलमा श्रीलंकालाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुग्न चाहन्छ। श्रीलंका पनि  नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गर्न चाहन्छ। 

समूह ‘बी’ मा रहेको नेपाल ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समान अकंबाट भुटान दोस्रो स्थानमा छ। ३ अंक भएको श्रीलंका तेस्रो स्थानमा छ। अंकविहीन माल्दिभ्स पुछारमा छ। 

आजै हुने दोस्रो खेलमा भुटान र माल्दिभ्स भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल दिउँसो साढे १ बजेलेखि सुरु हुनेछ। 

समूह ‘बी’ को विजेता टोलीले सेमिफाइनलमा भारतसँग खेल्नेछ। उपविजेता टोलीले भने समूह ‘ए’ को विजेता टोली बंगलादेशसँग खेल्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर