सत्ता फेरबदलको चर्चा चलिरहेका बेला गगनले भेटे भाजपाका नेता चौथाइवाला
काठमाडौं । भारत भ्रमणमा रहेका सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच दिल्लीमा भेटवार्ता भएको छ ।
चौथाइवालेले सामाजिक सञ्जाल एक्समा थापासँगको भेटको तस्वीर सार्वजनिक गरेका छन् ।
तस्वीरसँगै उनले थापासँग द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताएका छन् ।
भाजपा विदेश विभाग प्रमुख नेपाल आइरहने भाजपाका उच्च नेतामा पर्छन् । थापा मंगलबार भारत प्रस्थान गरेका थिए ।
उनी एसियन क्लाइमेट समिटमा सहभागी हुन दिल्ली गएका हुन् । समिटको प्यानल छलफलमा उनले कार्बन व्यापार सम्बन्धी नीतिहरू र वन संरक्षणमा काम गरेको हाम्रो देशले त्यसबाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा कुरा राख्ने बताएका छन् ।
देशमा सत्ता फेरबदलको चर्चा चलिरहेका बेला गगनले गरेकाे भाजपाका नेता चौथाइवालासँगकाे भेटले उल्लेख्य अर्थ भने नराख्ने कतिपय विज्ञकाे धारणा छ ।
Had a coordial meeting with Shri Gagan Thapa, (General Secretary of Nepali Congress) and had discussion on several topics of mutual interests @thapagk pic.twitter.com/9RmXO6JKoH
— Dr Vijay Chauthaiwale (@vijai63) October 24, 2024
प्रतिकृया दिनुहोस