• २०८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024

सत्ता फेरबदलको चर्चा चलिरहेका बेला गगनले भेटे भाजपाका नेता चौथाइवाला

काठमाडौं ।  भारत भ्रमणमा रहेका सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच दिल्लीमा भेटवार्ता भएको छ । 

चौथाइवालेले सामाजिक सञ्जाल एक्समा थापासँगको भेटको तस्वीर सार्वजनिक गरेका छन् ।

तस्वीरसँगै उनले थापासँग द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताएका छन् । 

भाजपा विदेश विभाग प्रमुख नेपाल आइरहने भाजपाका उच्च नेतामा पर्छन् ।  थापा मंगलबार भारत प्रस्थान गरेका थिए । 

उनी एसियन क्लाइमेट समिटमा सहभागी हुन दिल्ली गएका हुन् । समिटको प्यानल छलफलमा उनले कार्बन व्यापार सम्बन्धी नीतिहरू र वन संरक्षणमा काम गरेको हाम्रो देशले त्यसबाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा कुरा राख्ने बताएका छन् ।

देशमा सत्ता फेरबदलको चर्चा चलिरहेका बेला गगनले गरेकाे भाजपाका नेता चौथाइवालासँगकाे भेटले उल्लेख्य अर्थ भने नराख्ने कतिपय विज्ञकाे धारणा छ ।

Had a coordial meeting with Shri Gagan Thapa, (General Secretary of Nepali Congress) and had discussion on several topics of mutual interests @thapagk pic.twitter.com/9RmXO6JKoH

— Dr Vijay Chauthaiwale (@vijai63) October 24, 2024
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर