निर्णायक आन्दोलन गर्ने भनेको रास्वपाका उपसभापतिले किन भेटे गृहमन्त्री ?

काठमाडौं । गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालबिच भेटवार्ता भएको छ । सोमबार साँझ गृहमन्त्रीसँग भेट भएको उपसभापति अर्यालले स्वीकार गरे ।
अर्यालका अनुसार भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको छ । ‘हाम्रो भेट हिजो साँझ साढे ६ बजेतिर भएको हो । समसामयिक के कसो छ भनेर भेट ‚’ उनले भने।
भेटका क्रममा आफूले रास्वपाले आज बालुवाटारमा गर्ने आन्दोलनको बारेमा जानकारी दिएको पनि उनले बताए ।
आजको आन्दोलनको विषयलाई लिएर भेटेको हो । रास्वपाले जनाएकाे छ ।
सहकारी बचत अपचलनमा रवि लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ । रास्वपाले आन्दोलनको कमान्डर पनि अर्याललाई बनाएको छ ।
प्रतिकृया दिनुहोस