• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

नेपालमा कानुन अनुसार चल्न तयार भएर दर्ता भयो टिकटक

काठमाडाैं । सामाजिक मर्यादा कायम नगरेकाे भन्दै नेपालमा प्रतिबन्ध लागेकाे सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपाली कानुन अनुसार चल्न तयार हुँदै आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको पुष्टि गरे ।

टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने जनाएको छ।

सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो। जसअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो।

तर २०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो।

अघिल्लो सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धबारे नेपाली कांग्रेस, रास्वपा, राप्रपा लगायतका दल र सरोकारवाला व्यक्तिहरूले विरोध जनाएका थिए।

वर्तमान सरकार गठन भएपछि गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो। यससँगै आधिकारिक दर्ता गरेर सञ्चालन गर्नको लागि टिकटकले समय माग गरेको थियो।

आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व उठाउने बाटो खुलेको छ ।

फेसबुक, युट्युव, एक्स् जस्ता सञ्चालहरू अझै पनि नेपालमा दर्ता भएका छैनन् । यी माध्यमहरूबाट हुने कराेडाैंकाे काराेबार नेपालकाे करकाे दायरा भन्दा बाहिर छ । नेपाल सरकारले करकाे दायरामा ल्याउन प्रयास गरेपनि ती कम्पनीहरूले अटेर गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर