• २०८१ कार्तिक २२ बिहीबार
  • Thursday, 7 November, 2024

अविश्वास बढेपछि कांग्रेस–एमाले गठबन्धनले बनायो प्रदेश र जिल्लासम्मको संयन्त्र

काठमाडौं । सत्ता गठबन्धन भित्रै अविश्वास बढेकाे चर्चा चलिरहेका बेला सरकारकाे नेतृत्व गरिरहेकाे दल नेकपा एमाले र कांग्रेसले केन्द्रदेखि जिल्लासम्मकाे संयन्त्र बनाउने भएका छन्र । केन्द्रमा संयन्त्र तयार भइसकेकाे छ भने प्रदेश र जिल्लासम्म बनाउने उनीहरूकाे निर्णय छ । 

प्रतिपक्ष दलले गठबन्धनमा समस्यामा फस्न लागेको आरोप लगाइरहेका बेला दुई दलले सोमबार संयन्त्र बनाएका हुन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सरकारका कामलाई प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि संयन्त्र निर्माण गरेको बताए ।

संयन्त्रमा गठबनमधन निर्माणका बेला भएको संविधान संशोधनलगायत सात बुँदे सहमति कार्यान्वयन र सरकारको साझा न्यनुतम कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यानवयनमा लैजान भूमिका खेल्ने नेताहरुको भनाइ छ ।

संयन्त्रको शीर्ष तहमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रहने गरी आठ सदस्य छन् ।दुई दलीय संयन्त्रमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल रहेका छन् ।

प्रदेश र जिल्लामा दुई दलबाट तीन/तीन सदस्य रहेको संयन्त्र बनाउने सहमति भएको छ ।

गत असार १७ गते भएको सात बुँदे सहमतिको जगमा एमाले अध्यक्ष केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। ओली दुई वर्ष र कांग्रेस सभापति देउवा चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष प्रधानमन्त्री बन्ने सहमति कांग्रेस र एमालेबीच भएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर