• २०८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024

एमाले पूर्वमन्त्री अधिकारी थप सात दिन हिरासतमै  

काठमाडौं । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी थप सात दिन प्रहरी हिरासतमा रहने भएका छन् । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थप गरेको हो ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार अदालतले अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थपको अनुमति प्रदान गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई हिरासतमा लिएर मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

उनी आइतबार विराटनगरस्थित निवासबाट पक्राउ परेका थिए । सोही दिन काठमाडौं ल्याइएका उनीमाथि अनुसन्धान गर्न अदालतले पहिलो पटक दुई दिनको म्याद दिएको थियो ।

मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

प्रहरीले आज नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई छन् । यो प्रकरणमा पक्राउ पर्नेको संख्या पूर्वमन्त्री अधिकारीसहित गरी ९ पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर