• २०८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024

१७ मंसिरमा चीन जाँदै ओली, बीआरआई कार्यान्वयन नगर्ने कांग्रेसकाे अडानले दबाब

काठमाडौं । प्रधानमन्त्री केपी ओली १७ मंसिरमा चीन जाने भएका छन् । आज दरावारमार्गमा आयोजित शक्ति प्रदर्शन सभामा उनले यसको घोषणा गरे । उता आजै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बीआराई कार्यान्वयन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणको मुखमा कांग्रेसबाट आएको यस्तो अभिव्यक्तिले उनी थप दबाबमा परेका छन् । 

नेपाली कांग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफलपछि प्रवक्ता डा. प्रकाशशरण महतले चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म नयाँ ऋण लिन नहुने बताएका हुन् । 

‘बीआरआईका विषयमा कांग्रेस दोधारे भएको होइन, अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो’, उनले भने, ‘अब चाहिँ कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरि हामी के चाहन्छौं भने कनेक्टिभिटीको कुरा आउँदा सुरुमा सडकमा अनुदान सहयोग लिनुपर्‍यो, अनुदानमै धेरै प्रतिवद्धता चिनियाँ सरकारले गरेको कैयौं कार्यान्वयन भएको छैन। त्यसलाई कार्यान्वयन गर्नुपर्‍यो ।’

डा महतले अगाडि भने, ‘अनुदानमै कार्यान्वयन नै कार्यान्वयन भएको छैन, अहिले ऋणको कुरा गरेर के अर्थ छ? अहिले फेरि ऋणको भार पनि बढिरहेको छ। त्यसकारण चिनियाँ सरकारसँग मात्रै होइन कि जुनसुकै सरकारसँग पनि अहिले हामी ऋण लिने कुरामा जानु हुन्न ।’

काठमाडौँमा आयोजना गरेको जागरणसभामा ओलीले भने, ‘म यही १७ गतेदेखि चीन भ्रमणमा जाँदैछु।’

ओलीले आफू घुम्न जान नलागेको भन्दै आफ्नो चीन भ्रमण सफल रहने बताए। 

उनले भने, ‘देशको हित र भलाईको लागि कुनै पनि देशको भ्रमण गरिन्छ। त्यसरी नै हामीले हाम्रा भ्रमणहरुलाई सफल बनाउने ढंगले प्रस्तुत गरेको छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर