एमाले शक्ति प्रदर्शनबारे प्रहरीको गुप्त रिपोर्टः ६ देखि ८ हजार उपस्थित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले आज काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जागरणसभामा नाम दिएकाे शक्ति प्रदर्शनमा मानिसहरूकाे उपस्थिति न्युन रहेकाे नेपाल प्रहरीकाे गुप्त रिपाेर्टमा उल्लेख गरिएकाे छ ।
प्रहरी उच्च स्राेतका अनुसार एमालेकाे सभामा पार्टीका कार्यकर्ताको उपस्थिति भएपनि जनताहरूकाे खासै सहभागिता देखिएन ।
स्राेतका अनुसार सभामा ६ देखि ८ हजारकाे संख्यामा सहभागि रहेकाे प्रहरीकाे गुप्त रिपाेर्टमा उल्लेख छ । नेकपा एमालेले भने सभामा एक लाख उपस्थित गराउने दावी गरेकाे थियाे । साेही कारण यसअघि भृकुटीमण्डपमा राखिएकाे सभा दरवारमार्गमा सारिएकाे छ ।
कार्यक्रमकाे अन्तिमतिर अध्यक्ष केपी अाेलीले बाेल्ने बेलामा नै सभास्थल सडक लगभग खाली भइसकेकाे त्यतिबेलाका तस्वीर र भिडियाेमा देखिन्छ ।
जागरणसभाको नेतृत्व नेकपा (एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गरेका थिए । उक्त सभाको र्याली भद्रकालीबाट सुरु भएको थियो । र्याली दरबारमार्गमा सभामा परिणत भएको थियो ।
प्रतिकृया दिनुहोस