• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

यी हुन जाजरकोट जिप दुर्घटनामा मृत्यु भएका पाँच जना

बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनास्थलमा पुगेको टोलीले पौने ३ बजे दल्लीस्थित नगर अस्पतालमा दुर्घटनाका घाइतेहरूलाई ल्याएको थियो।

अस्पतालले पाँच जनालाई मृत घोषणा गरेको जिप्रका जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।

दुर्घटनामा दुई जना घाइते भएका छन्। नलगाड नगरपालिका–३ का १९ वर्षीय जनक थापा र २१ वर्षका जीवन विक घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विक सामान्य उपचारपछि घर फर्किएका डिएसपी पाण्डेले जानकारी दिए।

डबल क्याप बोलेरो जिप ब्रेक फेल भएपछि सडकबा करिब ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिपमा सात जना सवार थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर