• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौका वापत १५०० शैक्षिक सामग्रीको वितरण गर्दै

काठमाडौं । एनसेल फाउन्डेसनले आज बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिएका कुल ३७५ चौका वापत १५०० वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्ने पक्का भएको छ । 

यी सामग्रीहरु दुर्गम र ग्रामिण भेगका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिने छ । गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो ।

बुधबारसम्म खेलिएका १९ वटा खेलहरुमा ७३ जना खेलाडीले कुल ३७५ वटा चौका हानेका छन् । लुम्बिनी लायन्सका क्याप्टेन रोहित कुमार पौडेलले सबैभन्दा बढि २४ वटा चौका हानेर ९६ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् । जनकपुर बोल्टका लाहिरु मिलन्थाले अहिले सम्मको दोस्रो धेरै २२ चौकासहित ८८ शैक्षिक सामग्री र पोखरा एभेन्जर्सका आन्द्रियस गौसले १९ चौकाबाट ७६ शैक्षिक सामग्रीको वितरण पक्का गरेका छन् ।

यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ । विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्री जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, कटर, इरेजर लगायतका सामग्री समावेश हुनेछन् । यी सामग्रीले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान गर्ने विश्वास लिईएको छ ।

“यो एनपीएल हाम्रो देशमा क्रिकेट प्रतिभाको विकासका लागि कोशेढुङ्गा सावित भएको छ । क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोडका छौं र स्रोत आवश्यक रहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरिनेछ । १९ खेलसम्मका यात्रामा चौकाको योगदान गर्ने प्रत्येक खेलाडीलाई बधाई तथा धन्यवाद दिन चाहन्छौं र बाँकी खेलहरु अझै उत्साहजन हुने र थप चौकाहरु सहित अझै बढि शैक्षिक सामग्रीहरुको योगदान बढ्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्ने मध्येको एक खेल क्रिकेट भएकाले यो पहलले खेलमा रोमाञ्चकता थपेका छ । यसले सहयोग 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर