• २०८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024

काठमाडौंमा आज यसपालीको सबैभन्दा जाडो दिन, कस्तो हुनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

आज (शनिबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् निर्मला रेग्मीले जानकारी दिइन्। 

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मौसम महाशाखाले सार्वजनिक गर्नेछ। त्यतिबेला तापक्रम अझ घट्न पनि सक्छ, कहिलेकाहीँ यत्ति नै रहन पनि सक्छ। 
यद्यपि देशभर मौसम सामान्यतया सफा रहेको छ । तराई र काठमाडौँ उपत्यकाका केही स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।
 
आज दिउसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन ,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर