मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर भूकम्प

मनाङ । मनाङको डिस्याङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ः३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरूङले भूकम्प गएको तर त्यसले क्षति पुगेको भन्ने सूचना अहिलेसम्म कतैबाट नआएको जानकारी दिएका छन् ।

बुधबार बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो । 

बझाङलाई नै केन्द्रबिन्दु बनाएर मंगलबार दुई पटक भूकम्प गएको थियो । 

केन्द्रका अनुसार मंगलबार बिहान ११ः०२ बजे ३.९ म्याग्नेच्युडको र साँझ ५ः०८ बजे ४.३ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर