वेपत्ता योद्धा पुष्प-धीरेन्द्रलाई इतिहासले सधै सम्मान गर्नेछ : नेता पुन

दमक। पुर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राज्यद्वारा वेपत्ता पारिएका योद्धा पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतको योगदानको इतिहासले सदैव सम्मान गर्ने वताएका छन्। नेता पुनले सहिद तथा वेपत्ता योद्धाहरुको वलिदानले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र वहाली भएको वताए।
झापाको दमक स्थित पुष्प -धीरेन्द्र स्मृति प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा नेता पुनले भने-' विलक्षण प्रतिभा र असाधारण सौर्य भएका पुष्प-धीरेन्द्र जस्ता योद्धाहरुलाई इतिहासले युगयग सम्झिरहनेछ।' पुनले पार्टी विचमा केही अलमलिएजस्तो भएपनि फेरि नयां अठोट सहित आफ्नो वर्ग र सहिद वेपत्तातिर फर्किएको जिकिर गरे।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र बस्नेतले सहिद र वेपत्ता परिवारका सपना पुरा गर्न पार्टी निरन्तर लाग्नुपर्ने वताए। सहिद परिवारका तर्फवाट प्रेरणा चाम्लिङ्ले सहिद , वेपत्ता योद्धा र घाइते योद्धाको योगदान भुल्न नहुने वताइन्।
झापा दमक–१ निवासी पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेत २०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा बेपत्ता पारिएका योद्धा हुन् । उनीहरु स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका क्रमशः माहिला र कान्छा छोरा हुन् । उनीहरुको नाममा स्थापित प्रतिष्ठानले मानव सेवा, समाज सेवा र शिक्षा सेवामा निरन्तर काम गरिरहेको अध्यक्ष तिर्थराज वस्नेतले वताए।
प्रतिकृया दिनुहोस