• २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024

सभापतिका लागि अधिवेशन केन्द्रीत अभियानमा शेखर, भन्छन्ः कांग्रेस पनि कम्युनिस्ट जस्तो भयाे 

सुदूरपश्चिम । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् ।

उनले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्ने उनले बताए । पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनु पर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको उनको जिकिर थियो । ‘नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ ।

पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसका किन्तु परन्तु भन्न पाइँदैन,’ उनले भने, ‘महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ । नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ ।’

नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुढृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको उनले बताए । ‘पार्टीमा एकता छैन ।

पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता हो । त्यसको लागि प्रजातन्त्र सेनानीसहित जिल्लाका सबै साथीहरूले पहल गर्नुपर्छ,’ उनले भने । अहिले कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको उनको भनाइ छ । विस्तारै कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोप्रति आफू चिन्तित रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर