• २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024

टिकटक बनाउँदा खोलामा खसेर शिक्षक र विद्यार्थीको मृत्यु

विराटनगर । टिकटक वनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको शनिबार अपराह्न मृत्यु भएको छ ।

स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले बताइन् ।

शनिबारको बिदा पारी साथीहरुसँग शिक्षीका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङ्गा खोलामा पौडी खेल्न गएका थिए । 

सोही खोलामा अपराह्न टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर