कीर्तिपुर पुगेर फाइन खेल पुरै हेरेका प्रचण्डले दिए एनपीएल विजेतालाई बधाई
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।
अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत विजेता जनकपुर बोल्ट्सका साथै उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गरेका हुन् । उनले उक्त खेलले नेपाली खेलाडीको क्षमता विकासमा सहयोग पुगेको बताए ।
अध्यक्ष प्रचण्डले भनेका छन्, ‘एनपीएल पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई हार्दिक बधाई । प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटको महापर्व एनपिएल भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । यसले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको छ । प्रतियोगितामा सहभागी सबै समूह, आयोजक, व्यवस्थापक, खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि विजयी खेलाडीलाई बधाई दिए । उनले फेसबुकमा लेखेका छन्, 'Congratulations to the Janakpur Bolts on winning the title of the Nepal Premier League! I would also like to extend my heartfelt gratitude to all the sponsors and stakeholders, including the Cricket Association of Nepal, for their efforts in organizing this tournament so successfully.'
प्रतिकृया दिनुहोस