• २०८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024

सर्वोच्च बारको चुनावमा अनाैठाे समिकरणः एमाले, माओवादी, रास्वपा र राप्रपा एकातिर, कांग्रेस र नेकपा एस अर्कातिर

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनकाे चुनावमा अनाैठाे समिकरण देखिनेभएकाे छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट कानुन व्यवसायीसहितको ‘महागठबन्धन’ एकातिर, कांग्रेस र नेकपा एसकाे अर्काे गठबन्धन अर्कातिर बन्ने भएको छ।

एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन (आरपीएलए) बीच अध्यक्ष र सचिवको मुख्य पदमा भागबन्डा भएको छ।

यस गठबन्धनबाट अध्यक्षमा एमालेनिकट महेश थापाले उम्मेदवारी दिने भएका छन्। सचिवमा माओवादीनिकट प्रभाकर श्रेष्ठलाई उठाउने समझदारी बनेको छ। यस्तै उपाध्यक्षमा राप्रपानिकट उत्तमकुमार श्रेष्ठ र रास्वपानिकट रामहरि त्रिपाठीलाई अघि सार्ने तयारी भएको छ। उम्मेदवारहरूले आजै मनोनयन दर्ता गराउँदै छन्। 

यसअघि नेपाली कांग्रेस र एकीकृत समाजवादीनिकट कानुन व्यवसायीहरूको संगठनले संयुक्त प्यानल घोषणा गरिसकेको छ। कांग्रेसनिकट वरिष्ठ अधिवक्ता मेघराज पोखरेलको नेतृत्वमा उक्त प्यानल बनाइएको छ।

पीपीएलएका महासचिव अमर थापाले भने अझै गृहकार्य भइरहेको र सबै कुरा टुंगो नलागिसकेको प्रतिक्रिया दिए।

सर्वोच्च बारको नयाँ नेतृत्व चयनका लागि यही पुस २० गते चुनाव हुँदै छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर