सबै सहकारी ठगहरुलाई कारवाही हुन्छः पृथ्वीसुब्बा गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन् ।
आज (बुधबार) काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम पत्रिका लोकार्पण कार्यक्रममा बोल्दै सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताए ।
‘सहकारीको अव्यवस्थाको समस्या अत्यन्त धेरै देखियो, एक पछि अर्को समस्या उधिनिँदै छ’, उनले भने । मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिको लागि सरकारले काम गर्नुपर्ने उनले बताए । एआईको प्रयोगसम्बन्धी पोलिसी ल्याएर त्यस लगत्तै कानुन निर्माण गर्ने जानकारी दिए । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने उनको भनाइ छ ।
‘मुलुकको सुरक्षाको लागि आर्थिक विकासको लागि र राजनीतिक प्रतिविद्धताको लागि हामीले काम गर्नुपर्ने हुन्छ , तर केही काम भएको छैन, यो वर्ष म त्यहाँ हुँदासम्म सबै काम गरेर नै छोड्छु’, उनले भने । सूचना पाउनु हरेक नागरिकको आधारभूत अधिकार भएको बताउँदै उनले सूचनाको अधिकारलाई कुनै पनि अवस्थामा कुण्ठित गर्नु नहुने बताए । यसलाई व्यवस्थित बनाउन लाग्नु पर्ने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस