• २०८१ पौष १४ आइतबार
  • Sunday, 29 December, 2024

कालीकोटमा भूकम्प, पश्चिम नेपालमा २ सातामा ७ धक्का

काठमाडाैं । गएराति कालिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा कालीकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो।

पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा ६ जिल्लामा सात वटा भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४.३, पुस ३ गते बझाङको धामेना मै ४.१ म्याग्नेच्यूडको भूकम्प गएको थियो। यस्तै, पुस ४ गते मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्यूडको भूकम्प गएको थियो।

पुस ६ गते बाजुरामा ५.२ म्याग्नेच्यूडको भूकम्प जाँदा पुस ९ गते ९:२५ बजे  दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्नेच्यूडको भूकम्प गएको विभागले जनाएको छ।

विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्नेच्यूडको भूकम्प गएको हो।

विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्यूडको भूकम्प गएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर