उमेरहद्को टुंगो लगाउन आज अखिल क्रान्तिकारीमा चुनाव
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीमा आज देशभर चुनाव हुँदैछ ।
क्रान्तिकारीको कीर्तिपुरमा भएको २३औं राष्ट्रिय सम्मेलनमा २८, ३० र ३२ वर्षे उमेरहद लगाउने विषय विधान संशोधन प्रस्ताव मार्फत प्रवेश गरेको थियो । बन्दसत्रमा यस विषयमा मतदान गरेर टुंगो लगाउने भनिएपनि विवाद हुँदा सम्मेलन अघि बढ्न सकेको थिएन ।
पार्टी पदाधिकारी बैठकले अब ३२ वर्षे उमेरहद लगाउन सैद्धान्तिक सहमति गरेको यसको निर्णय चुनाव मार्फत हुन लागेकाे हाे ।
प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले पहिलो चरणमा ३२ वर्षे उमेर हद र दोस्रो चरणमा नेतृत्व चयनको लागि चुनाव हुने जानकारी दिए ।
साेही अनुसार आज उमेरहदबाट टुंगाे लगाउने र नेतृत्व चयनका लागि १७ गते निर्वाचन हुनेछ ।
उमेर हदबारे जिल्ला भूगोल र गैरभूगोग गरी ८६ मतदान केन्द्र रहनेछ । भने नेतृत्व चयनका लागि भूगोल र गैरभूगोल गरी ९ प्रदेशस्तरीय मतदान केन्द्र रहनेछ ।
असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले स्थगित भएको थियो ।
३२ वर्षे उमेरहद लागू भएमा क्रान्तिकारीकाे वर्तमान पदाधिकारी सबै बिदा हुनेछ । अहिले नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतको दाबी छ ।
प्रतिकृया दिनुहोस