• २०८१ पौष २१ आइतबार
  • Sunday, 5 January, 2025

युवा परिषद र नेपाल जेसिजले युवा सशक्तिकरणमा सहकार्य गर्ने

 काठमाडौं। राष्ट्रिय युवा परिषद्  र नेपाल जेसिजले युवाको नेतृत्व विकास र सशक्तिकरणमा सहकार्य गर्ने भएका छन्। आइतवार सानोठिमी स्थित परिषदको कार्यालयमा भएको द्विपक्षीय छलफलमा सो सहमति भएको हो।

नेपाल जेसिजसंगको छलफल पश्चात् परिषदका कार्यकारी उपाध्यक्ष  सुरेन्द्र बस्नेतले युवा नेतृत्व विकास , सशक्तिकरण र उद्यममशीलताको क्षेत्रमा परिषद र जेसिजले सहकार्य गर्ने वताए। बस्नेतले युवा नेतृत्व विकासमा जेसिजले सकारात्मक योगदान पुर्याएको वताए।

नेपाल जेसिजकी नवनिर्वाचित् अध्यक्ष रजनी थापाले नेपाली युवाका साझा समस्या समाधानका लागि साझा प्रयास आवश्यक भएको वताइन्।  थापाले नयां युथ भिजन निर्माणका लागि परिषद र जेसिजले सहकार्य गर्ने वताइन्।

थापा हालै सम्पन्न नेपाल जेसिजको ५१ औं महाधिवेशनबाट सन् २०२५ का लागि अध्यक्षमा निर्वाचित भएकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर