लेस्टर सिटीलाई म्यानचेस्टर सिटीले हरायाे, लिभरपुलले हान्याे ५ गाेल
एजेन्सी । पहिलाे हाफमा साभिन्हो र दाेस्राे हाफमा इर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले आइतवार इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले हराएको छ।
सिटीको प्रशिक्षकका रुपमा पेप ग्वार्डिओलाको ५ सयौं खेल सुखद रह्यो। हालान्ड ४ खेलपछि गोल गर्न सफल भए ।
साभिन्होले २१ औं मिनेटमा सिटीले पहिलो गोल गरे। हालान्डले ७४ औं मिनेटमा हेड मार्फत गोल गरे । सबै खाले प्रतियोगितामा १४ खेलमा सिटीको यो दोस्रो जित हो।
लेस्टरले गोलको राम्रो मौका पाएर पनि गोल गर्न सकेन । जिमी भार्डी मौकाको उपयोग गर्न चुके।
रुड भान निस्टलरोयको टोली १८ औं स्थानमा छ। पाँचौं स्थानमा उक्लेको सिटी (३१ अंक) को चौथो स्थानको चेल्सीको भन्दा ४ अंक कम छ।
अन्य खेलमा शीर्ष स्थानको लिभरपुलले वेस्ट ह्यामलाई ५-०, दोस्रो स्थानको नटिङघम फरेस्टले एभर्टनलाई २-० ले , क्रिस्टल प्यालेसले साउथह्यामटनलाई २-० ले हरायो।
टोटेनहम र वल्भ्स तथा फुलहम र बोर्नमाउथले समान २-२ को बराबरी खेले। १८ खेलमा लिभरपुलको ४५ र एक खेल बढी खेलेको नटिङघमको ३७ अंक पुगेको छ ।
गएरातिकै अर्काे खेलमा लिभरपुलले वेस्टह्याममाथि फराकिलाे जित निकालेकाे छ । लिभरपुलले ५–० गाेलकाे अन्तरमा जित निकाल्दै तालिकामा शीर्ष स्थान सुरक्षित गरेकाे हाे ।
लिभरपुलका लागि डियाज,गाक्पाे, सलाह, अलेक्जेण्डर अरनाेल्ड र डियगाे जाेटाले समान एक एक गाेल गरेका थिए ।
प्रतिकृया दिनुहोस