• २०८१ पौष २१ आइतबार
  • Sunday, 5 January, 2025

जिमी कार्टरको नेपालको शान्ति प्रक्रियामा विशेष योगदान

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा आइतवार निधन भएको छ। उनी अमेरिकाको ३९औँ राष्ट्रपति थिए र सबैभन्दा लामो समय बाँच्ने राष्ट्रपतिहरूमध्ये पर्थथे। सन् १९७७ मा डेमोक्र्याटिक दलका तर्फबाट चुनाव जितेर राष्ट्रपति बनेका कार्टर एक कार्यकाल मात्र ह्वाइटहाउसमा रहन सके। सन् १९८० मा रिपब्लिकन उम्मेदवार रोनल्ड रेगनसँग पराजित भएका थिए।

कार्टरको कार्यकालको महत्त्वपूर्ण उपलब्धिमध्ये क्याम्प डेभिडु सम्झौता उल्लेखनीय छ। यसले इजिप्टलाई पहिलो पटक इजरायललाई मान्यता दिन प्रेरित गरेको थियो। तर, उनको कार्यकाल अमेरिकी कूटनीतिज्ञहरूको इरान होस्टेज क्राइसिसु र अर्थतन्त्रको सङ्कटले छायामा परेको थियो।

जर्जियाको बदाम कृषक परिवारमा जन्मेका कार्टर राष्ट्रपति बन्नुअघि त्यहाँका गभर्नर थिए। सन् २००२ मा उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरे। पदबाट हटेपछि उनी मानवाधिकार र सामाजिक न्यायका क्षेत्रमा सक्रिय रहँदै अन्तर्राष्ट्रिय राजनेताको पहिचान बनाउन सफल भए।

उनको स्थापना गरेको कार्टर सेन्टरुले नेपालमा पनि शान्ति र लोकतान्त्रिक प्रक्रियासम्बन्धी काम गरेको छ। सन् २००७ मा नेपालमा शान्ति प्रक्रिया चलिरहँदा उनी काठमाण्डू आएका थिए र राजनीतिक दलका नेताहरूसँग भेट गरेका थिए। साथै, २००८ र २०१३ मा संविधानसभाका निर्वाचन पर्यवेक्षण गर्न नेपाल आएका थिए।

जिमी कार्टरको निधनसँगै एक सक्रिय र दीर्घकालीन सार्वजनिक जीवनको अन्त्य भएको छ। उनका योगदानहरू विश्वभरका शान्ति र मानवअधिकार अभियन्ताहरूका लागि प्रेरणाको स्रोत बनेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर