• २०८१ पौष २१ आइतबार
  • Sunday, 5 January, 2025

प्रशंसा, चर्चा र विवादको घेरामा परेकी प्रहरी एआइजी किरण बज्राचार्यकाे अवकाश 

File_Photo

काठमाडौं । नेपाल प्रहरीकी अतिरिक्त महानिरीषक (एआइजी) किरण बज्राचार्यले अवकाश पाएकी छिन् । उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यरत थिइन् । कुनै बेला प्रशंसा, कुनै बेला सर्धिक चर्चा त कुनै बेला विवादकाे घेरामा परेकी बज्राचार्यकाे प्रहरी सेवावधि सकिएपछि बिदाइ भएकाे हाे ।

एआइजीको ५६ वर्षे उमेरहदका कारण अवकाश पाएकी उनको कार्यालयले सोमबार बिदाइ गरेको छ । उनको अवकाशसँगै उपत्यका प्रहरी कार्यालय नेतृत्वविहीन बनेको छ ।

एआईजीको ५६ वर्षे उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकास हुन लागेकी बज्राचार्यको सोमबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको हो । बज्राचार्य गत साउन २२ गते काठमाडौँ उपत्यका प्रहरी कार्याशलय प्रमुखमा सरुवा भएकी थिइन् ।

यसअघि एसपी हुँदा भक्तपुर र एसएसपीमा ललितपुरको प्रहरी प्रमुख भइसकेकी बज्राचार्य काठमाडौँ उपत्यका प्रमुख बन्ने पहिलो महिला एआईजी हुन् । बज्राचार्य २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी हुन् । एआईजीसम्मै आफ्नो ब्याचबाट पहिलो लटमै उनी बढुवा हुँदै आएकी थिइन् । प्रहरी महानिरीक्षकको दाबेदार भएपनि सरकारले वसन्त बहादुर कुँवरलाई नियुक्त गरेको थियो ।

त्यससँगै उनी ५६ वर्षे उमेर हदका कारण ३० वर्षे सेवा अवधि पूरा नहुँदै अवकास भएकी हुन् । आगामी चैत ५ गते मात्रै उनको ३० वर्षे सेवा अवधि पूरा हुन्छ । उपत्यका प्रहरी कार्यालयसहित उपत्यकाका तीन प्रहरी कार्यालय निमित्तका भरमा छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा डीआइजी खटिनेमा एसपी निमित्त प्रमुख छन् । त्यहाँ कार्यरत भरतबहादुर बोहरा एआइजीमा बढुवा भएर अवकाश पाइसकेका छन् ।

गृह मन्त्रालयले नयाँ नेतृत्व पठाउन सकेको छैन । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसअघि डीआइजी खटिनेमा एसपी गोविन्द अधिकारी निमित्त प्रमुखका रूपमा कार्यरत छन् । प्रहरीमा समयमा बढुवा हुन नसक्दा धेरै कार्यालयहरूमा हाल समस्या देखिएको छ । प्रहरीमा हाल दुई एआइजी, पाँच डिआइजी र २५ एसएसपीका पद रिक्त भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर