• २०८१ पौष २४ बुधबार
  • Wednesday, 8 January, 2025

एमालेमै फर्किए एकीकृत समाजवादीका केन्द्रीय सदस्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले) मा फर्किएका छन्।

एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले पार्टी प्रवेश गराएकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ।

उनी एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सहइञ्चार्ज’ थिए। मकवानपुर निवासी उनी संविधानसभा सदस्य हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर