माओवादी केन्द्रीय समिति बैठकः ८० जनाले राखे धारणा
काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समितिको बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदन माथि ८० जना केन्द्रीय सदस्यहरुले धारणा राखेपछि आजका लागि बैठक स्थगित गरिएको हो ।
भोलि विहान ११ बजेदेखि पुन बैठक चल्ने र बाँकी केन्द्रीय सदस्यहरुले बोल्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
‘नेकपा माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ। १८० जनाले बोल्नका लागि नाम टिपाएकोमा आज ८० जनाले बोल्नुभएको छ। बैठक भोलि भोलि विहान ११ बजेसम्मा लागि स्थगित भएको छ । आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ,’ सचिवालयले भनेकाे छ ।
प्रतिकृया दिनुहोस