माओवादी बैठकमा पासाङः जिमी कार्टर कि १२ हातको सरस्वती ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पूर्व उपराष्ट्रपतिको राजनीतिमा पुनरागमनप्रति असन्तुष्टि जनाएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा उनीहरूले मञ्चमा बसिरहेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन फेरि राजनीतिमा आउँदा राम्रो सन्देश नजाने बताए । केही नेताले उनलाइ जिमी कार्टरकाे संज्ञा दिएका छन् भने कतिपयले १२ हातको सरस्वती ।
माओवादी केन्द्रको कोशी प्रदेशको संसदीय दलका नेता समेत रहेका केन्द्रीय सदस्य ईन्द्र आङ्बोले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू सामाजिक काममा लाग्दा उपयुक्त हुने सुझाव दिए । ‘केन्द्रको पदाधिकारीसहित सिनियर नेताले वैचारिक र खोज अनुसन्धान र अभियानहरूको जिम्मेवारी दिने नयाँ पुस्तालाई संगठनको जिम्मेवारी दिने काम गरौं,’ आङ्बोले भने, ‘पूर्व राष्ट्रपति उपराष्ट्रपतिले राजनीतिक क्षेत्रमा भन्दा पनि अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरले जस्तो क्षेत्रको काम गर्नु पर्यो ।’
उनले अब पार्टीमा सही विचारको विकाससँगै विधि र पद्धतिको विकास पनि अध्यक्ष प्रचण्डकै नेतृवमा हुनुपर्ने बताएका छन् । यसअघि केन्द्रीय सदस्यहरू सुदन किराती र लेखनाथ न्यौपानेले पनि पूर्व उपराष्ट्रपति पुन माओवादीमा सक्रिय हुन लागेको विषयमा प्रश्न उठाएका थिए ।
‘पूर्व उपराष्ट्रपति राजनीतिमा आउने कुराले राम्रो सन्देश गएन, १२ हातको सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौं,’ किरातीले केन्द्रीय कमिटी बैठकमा भने ।
माओवादी नेता लेखनाथ न्यौपानेले पूर्वउपराष्ट्रपति पुनलाई लक्ष्य गर्दै सामाजिक सञ्जाल फेसबुकमा पार्टी सदस्यता त्याग गरी राज्यको माथिल्लो जिम्मेवारीमा पुगेकाहरू सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुने उल्लेख गरे ।
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षको लहरमा बसेका छन् । उनलाई उपाध्यक्ष बनाउन माओवादीका पदाधिकारी सहमत भइसकेका छन् तर केन्द्रीय कमिटीबाट निर्णय भइसकेको छैन ।
सोमबार पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुदन किरातीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा फर्किंदा गलत सन्देश गएको बताए।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षको लहरमा बसेका छन्। उनलाई उपाध्यक्ष बनाउन माओवादीका पदाधिकारी सहमत भइसकेका छन् तर केन्द्रीय कमिटीबाट निर्णय भइसकेको छैन।
‘पूर्वउपराष्ट्रपति राजनीतिमा आउने कुराले राम्रो सन्देश गएन, १२ हातको सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौं,’ किरातीले केन्द्रीय कमिटी बैठकमा भने।
पूर्वउपराष्ट्रपति पुन माओवादीको केन्द्रीय कमिटी बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी छन्। नन्दबहादुर दुई कार्यकालसम्म उपराष्ट्रपति बनेका थिए। यसैबीच केन्द्रीय कमिटीभन्दा बाहिर पनि यसबारे प्रश्न उठेको छ।
प्रतिकृया दिनुहोस