• २०८१ पौष २४ बुधबार
  • Wednesday, 8 January, 2025

माओवादी बैठकमा अखिल क्रन्तिकारीबाट बाहिरिएका ६ सय नेता–कार्यकर्ताको चासो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीबारे चासो र चिन्ता व्यक्त भएको छ ।

अखिल क्रान्तिकारी पृष्ठभूमिका नेताहरुले यसबारे धारणा राखिरहेका छन् भने अध्यक्ष प्रचण्डले चासोको सम्बोधन पनि गरेका छन् । 

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू हुँदा तलदेखि माथिल्लो तहका अध्यक्षका आकाँक्षीसम्म झण्डै ६ सय नेता कार्यकर्ता बाहिरिएको एक नेताले समाचार दैनिकलाई बताए ।

यो शक्ति पार्टीका हरेक आन्तरिक तथा बाह्य काममा निर्णायक हुने उनीहरुको दाबी छ । विद्यार्थी आन्दोलनमा आफ्नो जीवनकै ऊर्जाशील समय बिताएको यो शक्तिलाई पार्टीले तत्काल उचित जिम्मेवारी दिएर खटाउनु पर्ने उनीहरको भनाई छ । 

क्रान्तिकारीको अध्यक्षमा इन्द्र भुषाल , मिलन एम सी , जीपी मैनाली तुकमान महरा,  पवन कार्की , केशव रावल ,नारायण खनाल ,मदन भुल , नरेश शर्मा  सहित नेताहरु आकाँक्षी थिए ।

अखिल (क्रान्तिकारी)मा अध्यक्षका  अकाँक्षीहरु सहित बिदा भएका नेताहरुको ब्यबस्थापन नहुँदा सम्म १२ गतेको निर्वाचन पनि अनिश्चित बन्ने 
अर्का एक नेताले दाबी गरे ।

अध्यक्षका आकाँक्षी नेताहरुले आफ्नो राजनितिक भविष्य सिध्याउन लागेको भन्दै अभियान चलाईरहेको एक पदाधिकारीले जानकारी दिए । विध्यार्थीबाट बिदा भएका नेताहरुको उचित व्यबस्थापन नभए बिशेष महाधिवेशन मात्र होइन आउँदो फागुनको स्ववियू निर्वाचनमा समेत प्रभाव पर्ने संभावना देखिएको ती नेता बताउँछन् ।

गत असोज १० देखि १४ सम्म किर्तिपुरमा चलेको क्रान्तिकारीको बन्दसत्रमा उमेरहदको बिषयले प्रवेश पाएपछि बिवाद शुरुभएको थियो । उमेरहद पक्ष र विपक्षमा प्रतिनिधिहरु बाँडिदा  प्रदर्शन र तनावकाबीच  सम्मलेन स्थगित  भएको थियो ।

 कार्यक्रम अगाडि बढाउन गाह्रो भएपछि पुष १३ गते जिल्ला जिल्लामा मतदान केन्द्र राखेर मुक्तिप्रधान नेतृत्वको निर्वाचन समितिले उमेरहदबारे  जनमत  लिएको थियो । परिणाम अनुसार ३२ उमेरहद लाउनुपर्छ भन्ने मत अनुमोदन भएसँगै करिव ६०० नेता कार्यकर्ता बिध्यार्थी  राजनीतिबाट बाहिरिएका छन ।

अघिल्लो पटक रन्जित तामाङ अध्यक्षबाट बाहिरिंदा  तामाङ सहित ७ जना नेताहरुलाई माओवादीले पार्टी केन्द्रमा स्थान दिएको थियो । 

यसबिच माओवादीको केन्द्रको बैठकले बिध्यार्थी नेताहरुलाई उचित जिम्मा दिएर जाने प्रस्ताव गरेको छ । तर उचित जिम्मा भनेको के हो भन्ने ठोष नहुँदा विद्यार्थी नेताहरु अन्योलमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर