चीनको सिगात्से केन्द्र भएर ५.३ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि ठूलो धक्का
काठमाडौं । चीनको सिगात्से केन्द्रविन्दु भएर आज विहानै ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
आज मंगलबार विहान ६ बजेर ५० मिनेटमा गएको भूकम्पका कारण काठमाडौं लगायत उत्तरी जिल्लाहरुमा ठूलो धक्का महसुस गरिएको छ ।
भूकम्पको धक्काले नेपालसहित बंगलेदेश, भारत र भुटानमासमेत धक्का महसुस गरिएको गुगलले उल्लेख गरेकाे छ ।
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले भने उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको रहेको उल्लेख गरेको छ।
उसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा अवस्थित लोबुचे भन्दा उत्तर पूर्वमा रहेको जनाइएको छ।
२०७२ सालमा गएको महाभूकम्पले नेपालमा ठूलो क्षेती गराएको थियो ।
प्रतिकृया दिनुहोस