• २०८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025

बाबुरामकाे नजरमा प्रचण्डभन्दा ओली राम्राे

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले र माओवादी केन्द्रको भर्खरै सकिएको केन्द्रीय कमिटी बैठकप्रति कडा टिप्पणी गरेका छन् ।

आज (बिहीबार) बिहान सामाजिक सञ्जालमार्फत् उनले दुवैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रुसी पार्टीको झल्को आएको टिप्पणी गरेका हुन् । बाहिरी रूप ‘समाजवादी’ देखिए पनि भित्री सार भने ‘नोकरशाही पुँजीवादी’ रहेको आरोप उनको छ ।

‘ओली र प्रचण्डका कम्युनिष्ट पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो– बाहिरी रूप समाजवादी भित्री सार नोकरशाही पुँजीवादी !’ उनले भनेका छन् । माओवादी अध्यक्ष प्रचण्डभन्दा बरू एमाले अध्यक्ष केपी शर्मा ओली बढी खुला र प्रष्ट रहेको उनको टिप्पणी छ।

‘बरू ओली अलि बढी खुला र प्रष्ट ! प्रचण्ड सदाझैं कुटिल र छद्म ! खासगरी नेपालको जटिल भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजीको प्रयोगमा ! बाघ vs ब्वाँसो ? नेपाल र रूसको नियति फरक होला ?' उनले उल्लेख गरेका छन् ।

एमाले र माओवादी बैठक केन्द्रीय कमिटी बैठक आइतबार सुरू भएर मंगलबार सकिएको थियाे।

एमालेले आइतबार नै राजनीतिक र सांगठनिक प्रतिवेदन सार्वजनिक गरेको थियो भने माओवादी केन्द्रले भने अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन पारित नभएससम्म सार्वजनिक नगर्ने भन्दै बाहिरिए । दुवै दलले प्रतिवेदन पारित गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर