• २०८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025

रविविरुद्धको मुद्दाको आदेश आजै आउन सक्ने

काठमाडौं । सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादीहरुको बहस सकिएसँगै आजै आदेश आउने सम्भावना बढेको छ । गत पुस १६ गतेदेखि कास्की हिरासतमा रहेका प्रतिवादीहरुको थुनछेक बहस बुधबार सकिएको थियो ।

अब सरकारी वकिलले जवाफी बहस गर्ने समय पाउनेछन् । जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालका अनुसार सरकारी वकिलको जवाफी बहसपछि आदेश बताएका छन् । उनका अनुसार आदेश आजै आउने सम्भावना बढी छ । प्रहरीले पनि सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, लिला पछाईँ, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा छन् ।

बुधबार रामबहादुर, मीना, कृष्ण र आरती पक्षबाट रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरे । प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस न्यायाधीश नीतिज राईको इजसालमा सकिएसँगै जाहरेवालातर्फका कानुन व्यवसायीको जवाफी बहस पनि सकिएको छ ।

बयानमा लामिछानेले आफ्नो एउटा पनि चेकमा अक्षर नभएको तर हस्ताक्षर भएको स्वीकार गरेका छन् । रविले थुनछेक बहसअघि दिएको बयान कानुन व्यवसायीमार्फत प्राप्त भएको छ ।

कम्पनीको मालिकको निर्देशन पलना गर्नु पदीय कर्तव्य र जिम्मेवारी भएको रविको भनाइ थियो । आफू गोर्खा मिडिया छोडेर बाहिरिएर राजनीतिमा प्रवेश गरेको लामो समयपछि सहकारीको रकम अपचलनको विषय सार्वजनिक बहसमा आएको रविले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर