प्रहरी जवानले आफैंमाथि चलाए एसएलआर 

धनगढी । कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन्। उनी गम्भीर घाइते छन्। 

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टले बुधबार साँझ आफैंमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए। 

उनका अनुसार साँझ साढे ८ बजेको समयमा डीउटीम रहेका उनले आफैंमाथि राइफलको गोली हानेका छन्। 

उनी हातहतियार राखिने स्थानमा खटिएका थिए । दाहिने कानभन्दा माथि गोली लागेको छ। आफैंले बोकेको एसएलआर राइफलबाट गोली चलाएको पाइएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते प्रहरी जवान विष्टलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल हुँदै कैलालीको धनगढीस्थित निसर्ग अस्पताल लगिएको छ। केही साता अघि जिल्ला प्रहरी कार्यालयमा कार्यरत अर्का प्रहरीले पनि आफैंमाथि गोली हानेका थिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर