अखिल क्रान्तिकारीः लुम्बिनीको परिणाम आयो, कसले कति पाए ?
बुटवल । नेकपा मोवादीको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित हुने अध्यक्षसहितका पदाधिकारीको मत परिणाम सार्वजनिक हुन थालेको छ । हिजो देशभर भएको
निर्वाचनको परिणाम हिजैदेखि गणना गरिएपछि परिणाम सार्वजनिक हुन थालेको हो । लुम्बिनी प्रदेशको परिणाम निर्वाचन समितिले सार्वलनिक गरेको छ ।
निर्वाचन समितिका अनुसार अध्यक्षका उम्मेदवारहरूमध्ये विजय प्रकाश शर्मा सापकोटाले ८७, हेमन्त राईले ६६, सुदिन पौडेलले २२, उपदेशकुमार यादवले १० तथा यागेन्द्रबहादुर बुढाले १ मत पाएका छन् ।
यस्तै उपाध्यक्ष छात्रातर्फ ममता अधिकारीले सर्वाधिक १२९ मत, उपाध्यक्ष आदिवासी जनजातितर्फ सन्दीप पुनले सर्वाधिक ९४ मत पाउँदा उपाध्यक्ष खुलामा मदन ढकालले सर्वाधिक ८८ मत पाएका छन् ।
सचिवका उम्मेदवारमध्ये खुला सचिवमा सर्वाधिक मत प्रशान्त बन्जाडेले पाएका छन् ।
दोस्रोमा प्रेम जैसीले ६५ र तेस्रोमा हरिबहादुर वलीले पाएका छन् । यसैगरी सचिव छात्रामा समकृति पुनले ८१, दोस्रोमा सविता थापाले ७३ मत पाएका छन् । यस्तै सचिव आदिवासी जनजातिमा दिपेश मगरले ६३ मत पाएका छन् ।
सचिव दलितमा हरेन्द्र बहादुर विकले ८९ मत पाएका छन् । सचिव मधेसीमा अमर मण्डलले सर्वाधिक ५२ मत पाएका छन् । यस्तै कोषाध्यक्षमा सर्वाधिक ७२ मत फुलमाया रानामगरले पाएकी छिन् ।
अध्यक्षका लागि मनोननयन दर्ता गरेका ६ जनामध्ये २ जनाले उम्मेदवारी फिर्ता गरेका थिए। महासचिवमा उम्मेदवारी दिएका १० जनामध्ये २ जनाले उम्मेदवारी फिर्ता लिए ।
क्रान्तिकारीले गत पुस १४ मा मतदान गराएर ३२ वर्षे उमेर हद लगाउनुपर्ने निर्णय गरेको थियो ।
अखिल क्रान्तिकारीमा पुस दोस्रो साता उमेर हद लगाउने/नलगाउने विषयमा प्रत्यक्ष निर्वाचन भएको थियो ।
उमेरहद लागू भएपछि अध्यक्षको दावी गर्दै आएका दीपेश पुन, मदन भुल, इन्द्र भुसाल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, क्षितिज सापकोटा, जीपी मैनालीलगायतको ठूलो पङ्क्ति माओवादीको विद्यार्थी राजनीतिबाट एकसाथ बाहिरिएकाे थियाे ।
प्रतिकृया दिनुहोस