• २०८१ माघ १४ सोमबार
  • Monday, 27 January, 2025

अखिल क्रान्तिकारीकाे मत परिणामः कुन प्रदेशमा कसले कति मत पाए ?

काठमाडौं । काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनबाट नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । निर्वाचन समितिले जानकारी दिए अनुसार तीन प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम आइसकेको छ । ताजा मत परिणाम अनुसार विजय प्रकाश शर्मा सापकाेटाले अग्रता बनाइरहेका छन् । दाेस्राेमा हेमन्त राइ, तेस्राेमा उपदेश यादव र चाैथाेमा सुदीन पाैडेल छन् ।

सापकाेटाले हालसम्म ४५३ मत, राइले ३९९ मत यादवले १६८ र पाैडेलले १४२ मत पाएका छन् ।

लुम्बिनी प्रदेशमा पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ । यहाँ अध्यक्ष पदका उम्मेदवार विजयप्रकाश शर्माले सबैभन्दा बढी ८७ मत पाएका छन् । अर्का अध्यक्षका उम्मेदवार ६६ मत पाएका छन् । यसैगरी सुदिन पौडेलले २२ मत पाउँदा उपदेश यादवले जम्मा १० मत पाएका छन् । 

यस्तै कर्णाली प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा सापकोटा र राईबिच कडा प्रतिस्पर्धा देखिएको छ । राईले ८२ मत पाउँदा सापकोटाले ८० मत पाएका छन् । पौडेलले ८ मत ल्याउँदा यादवले ५ मत पाएका छन् । 

यता कोशी प्रदेशमा अध्यक्ष पदको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो जानकारी अनुसार यहाँ राई सबैभन्दा अगाडि छन् । २२० मत गणना हुँदा राईले ११६ मत पाएका छन् । सापकोटाले ४९, यादवले ३५ र पौडेलले जम्मा १८ मत पाएका छन् । 

क्रान्तिकारीले गत पुस १४ मा मतदान गराएर ३२ वर्षे उमेर हद लगाउनुपर्ने निर्णय गरेको थियो । 

अखिल क्रान्तिकारीमा पुस दोस्रो साता उमेर हद लगाउने/नलगाउने विषयमा प्रत्यक्ष निर्वाचन भएको थियो । 

उमेरहद लागू भएपछि अध्यक्षको दावी गर्दै आएका दीपेश पुन, मदन भुल, इन्द्र भुसाल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, क्षितिज सापकोटा, जीपी मैनालीलगायतको ठूलो पङ्क्ति माओ‌वादीको विद्यार्थी राजनीतिबाट एकसाथ बाहिरिएकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर